शुक्रबार, वैशाख १४, २०८१

भारतको सीतामढी पुगेका सात किशोरी/युवतीलाई नेपाल ल्याइयो

नाच्न गएको बयान

मेरोन्यूज २०७७ चैत १९ गते ८:५५

काठमाडौं । भारतको सीतामढीबाट पुगेका महोत्ततरीका सात किशोरीलाई प्रहरीले सकुसल उद्धार गरी नेपाल ल्याएको छ ।

उनीहरुलाई गएराती ११ बजे जलेश्वर ल्याइपुर्‍याएको प्रहरीले जनाएको छ । मंगलबार दिउँसो घाँस काट्न गएका बेला बेपत्ता भएका उनीहरु भारत विहारको सीतामढीमा बुधबार भेटिएका थिए । सो पश्चात नेपाल प्रहरीको टोली सीतामढी पुगेर उद्धार गरी ल्याएको हो ।

उनीहरुले प्रहरी सामू नाच्न गएको बताएका छन् । तर प्रहरीले उनीहरुको बयानलाई विश्वास नगरी थप अनुसन्धान अघि बढाएको बताएको छ ।

भंगाहा नगरपालिका–८ धर्मपुरका १८ वर्षीया अस्मिता पासवान र नागिना पासवान, १३ वर्षीया ज्योति पासवान, १५ वर्षीया अर्चना पासवान र रिया पासवान, १० वर्षीया रञ्जना पासवान र सीमा पासवानलाई प्रहरीले उद्धार गरेको हो ।

प्रतिक्रिया