बिहीबार, वैशाख १३, २०८१

उपत्यकासहित मुलुकका अधिकांश स्थानमा हल्का वर्षा, केही दिनमा वायुमण्डलमा सुधार आउने

मेरोन्यूज २०७७ चैत १८ गते २०:४५

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका अधिकांश भूभागमा आज सामान्य बदली भएको छ । वर्षा भएसँगै वायुप्रदूषणका कारण एक सातादेखि धुम्मिएको आकाश खुल्ने मौसमविद्ले जनाएका छन् ।

मौसम विज्ञान विभागका अनुसार प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा हल्का वर्ष भएको छ । यद्यपि, हल्का वर्षा भएकाले वायु मण्डलमा सुधार आउन समय लाग्ने छ । वायुमण्डलमा खराबी देखिएसँगै सरकारले चार दिनका लागि शैक्षिक संस्था बन्द गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

चैत्र १८ गते (बुधबार)

राती : देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । देशको पहाडि भू-भागको थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

चैत्र १९ गते (बिहिबार)

दिउँसो : देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती : देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १, बागमती, र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

चैत्र २० गते (शुक्रबार)

दिउँसो : देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जनरचट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

दिउँसो : देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली एक दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ 

प्रतिक्रिया