शनिबार, वैशाख ८, २०८१

खेल पत्रकारकाे क्षमता विकास गर्न एनएसजेएफ एकेडेमीकाे सुरूवात

मेरोन्यूज २०७७ चैत १८ गते २०:२७

काठमाडाैं । नेपाल खेलकूद पत्रकार मञ्चले सक्रिय खेलकूद पत्रकारिता गर्ने पत्रकारको वृत्तिविकास गर्न भन्दै एनएसजेएफ एकेडेमीको औपचारिक सुरुवात गरेको छ ।

काठमाडौंमा बुधबार एक कार्यक्रमको आयोजना गरेर मञ्चले एनएसजेएफ एकेडेमीको उद्घाटन गरेको हो । मञ्चले खेलकुद पत्रकारलाई तालिम, अनुसन्धान र मेन्टरसीपको प्रशिक्षण दिने उद्धेश्यका साथ एकेडेमीको औपचारिक सुरुवात गरिएको जनाएको छ ।

काठमाडौंका मुलधारका सञ्चारमाध्यममा काम गर्ने खेलकुद पत्रकारको साझा संस्था मञ्चले पत्रकारको व्यवसायीक क्षमताको अभिवृद्धि एकेडेमीमार्फत सञ्चालन गर्ने परियोजना सार्वजनीक गरेको हो ।

कार्यक्रममा युवा तथा खेलकूदमन्त्री दावा तामाङले सही तरिकाले समाचार सम्प्रेषण गर्न एकेडेमीले सक्रिय पत्रकारलाई सहयोग पुग्ने आशा व्यक्त गरे ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवालले औँचित्य समाप्त र वार्षिक कार्यक्रम सम्पन्न नगरेका संघलाई कारबाही गर्ने बताए । नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले खेललाई विकास गर्न खेल पत्रकारको दक्षता समेत अभिवृद्धि गर्नुपर्ने आश्यकता रहेको औंल्याए ।

प्रतिक्रिया