मंगलबार, वैशाख ११, २०८१

कोरोना संक्रमितको संख्या बढ्न सक्ने भन्दै अस्पताल र प्रयोगशालालाई तयारी अवस्थामा राख्न मन्त्रालयको निर्देशन

मेरोन्यूज २०७७ चैत १८ गते १८:११

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या बढ्न सक्ने भन्दै उपचारका लागि तयारी अवस्थामा बस्न अस्पतालहरुलाई आग्रह गरेको छ ।

मन्त्रालयको (इन्सिडेन्ट कमान्ड सिस्टम आईसीएसं)को बैठकले संघीय अस्पताल, प्रादेशिक अस्पताल र आधारभूत अस्पतालमा कोरोना संक्रमितको उपचार व्यवस्थापन गर्ने निर्देशन दिने निर्णय गरेको थियो । सोही अनुसार अस्पतालहरुलाई तयारी अवस्थामा बस्न आग्रह गरेको हो ।
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले कोरोना संक्रमण परीक्षण गर्ने निजी र सरकारी गरी सबै ८४ प्रयोगशाला (ल्याब)लाई पनि तयारी अवस्थामा राख्ने निर्णय भएको बताए ।

उनका अनुसार २०० भन्दा बढी शय्या भएको अस्पतालमा अक्सिजन रिफिलिङ ट्यांक स्थापना गर्न सहयोग गर्ने तयारी भएको छ । मन्त्रालयले सरकारी प्रयोगशालालाई थप जनशक्ति आवश्यक पर्ने भएमा रकम माग गर्न पनि समेत आग्रह गरेको छ ।

प्रतिक्रिया