मंगलबार, वैशाख ११, २०८१

शेयर कारोबार अपरान्ह् ४ बजेसम्म खुल्ने

मेरोन्यूज २०७७ चैत १८ गते १४:१८

काठमाडौं । शेयर कारोबार बुधबार ४ बजेसम्म खुला हुने भएको छ । आज टीएमएसमा समस्या आएपछि कारोबार अवरुद्ध भएको थियो । सोही कारण आज १ घन्टा समय थप गरी कारोबार अपरान्ह् ४ बजेसम्म सञ्चालन हुने भएको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) एक सूचना प्रकाशित गरी बुधबार कारोबार दिउँसो ४ बजेसम्म खुला रहने जनाएको छ । यसअघि बिहान ११ बजदेखि दिउँसो ३ बजेसम्म नियमित कारोबार हुँदै आएको थियो ।

प्रतिक्रिया