बिहीबार, वैशाख १३, २०८१

बागलुङ घटनाका दोषीमाथि छानबिन गर्न कांग्रेस सचेतक खाँणको माग

मेरोन्यूज २०७७ चैत १८ गते १४:१४

काठमाडौं । नेपाली कांग्रेसका सचेतक बालकृष्ण खाँणले बागलुङको बडिगाउँ गाउँपालिकामा कांग्रेसका जिल्ला सदस्य प्रकाश कुँवर र स्थानीय कार्यकर्ता दीपक परियारको हत्या घटनाको छानबिन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।


आज प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सचेतक खाँणले यही चैत १५ गते बागलुङको बडिगाउँ–१० मा सांघातिक आक्रमणबाट कुँवर र परियारको हत्या भएको भन्दै उनले छानबिन गरी दोषीलाई कारबाहीको माग गरेका हुन् ।

प्रतिक्रिया