शुक्रबार, वैशाख ७, २०८१

आज प्रतिनिधिसभाको बैठक बस्दै

मेरोन्यूज २०७७ चैत १८ गते ११:०६

काठमाडौं । आज बुधबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभाको बैठक बोलाइएको छ । गत चैत १३ गते निधन भएका पूर्व सांसद नेपाली काँग्रेस नेता नविन्द्रराज जोशी र चैत १६ गते निधन भएकी पूर्व सांसद एवं काँग्रेस नेतृ लक्ष्मीदेवी भण्डारीको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने संघीय संसद सचिवालयले निकालेको सम्भावित कार्यसूचीमा रहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०७६ / ०७७ को वार्षिक प्रतिवेदन र राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ । विकास तथा प्रविधि समितिकी सभापति कल्याणीकुमारी खड्काले आफ्नो समितिको वार्षिक प्रतिवेदन बुझाउने कार्यसूची तय गरिएको छ ।

सरकारले सदनलाई काम गर्नका लागि ‘बिजनेस’ नदिएका कारण सदनमा हुने नियमित गतिविधि सञ्चालन हुन सकेको छैन् भने विभिन्न विषयगत समितिबाट पारित भएका विधेयकहरु पास हुन सकेका छैनन् ।

प्रतिक्रिया