शुक्रबार, चैत १६, २०८०

महोत्तरीबाट हराएका ७ बालिका भारत पुर्‍याएको आशंका

मेरोन्यूज २०७७ चैत १८ गते ९:४२

काठमाडौँ । मंगलबार दिउँसो घाँस काट्न गएपछि परिवारको सम्पर्कबाट हराएका महोत्तरीको भंगहा नगरपालिका, धर्मपुरका ७ जना बालिका र किशोरीहरुलाई भारत पुगेको आशंका सुरक्षा निकायले गरेको छ ।

मानव तस्करीमा संलग्न गिरोहले उनीहरुलाई सिमावर्ति भारतीय जिल्ला सितामढीको सुरशन गाउँमा पुर्‍याएको आशंका सुरक्षा निकायले गरेको छ । महोत्तरीस्थित सुरक्षा निकायलाई त्यसबारे प्रारम्भिक सूचना आएपनि अझै पुष्टि हुन नसकेको जिल्लाका एक सुरक्षा अधिकारीले जानकारी दिए ।

१० देखि १८ वर्षसम्मका ति किशोरीहरु दिउँसो १ बजे घाँस काटेन गएकोमा साँझ अबेरसम्म घरमा नआएपछि खोजतलास सुरु भएको थियो ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई हराएका बालिकाका खोजिका लागि हराएको गाउँदेखि बोर्डर क्षेत्रसम्म हिँजो साँझदेखिनै सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए । बालिकाका आफन्त, गाउँले र बोर्डर क्षेत्रमा सूचना लिने काम भईरहेको उनले जानकारी दिए ।

Advertisement

प्रतिक्रिया