शनिबार, वैशाख १५, २०८१

अनुमतिपत्र प्राप्त संस्थाबाट मात्र विद्युतीय भुक्तानी गर्न राष्ट्र बैंकको आग्रह

मेरोन्यूज २०७७ चैत १८ गते ९:२९

काठमाडौं । नेपाल राष्ट्र बैंकले अनुमतिपत्र प्राप्त संस्थाबाट मात्र विद्युतीय भुक्तानी गर्न आग्रह गरेको छ ।

अनुमतिपत्र नलिई Online payment platform सञ्चालन गर्ने तथा Top-Up service, Utilities Online payment, Protect Purchase लगायतका भुक्तानी सम्वन्धी कार्य गरेको जानकारी आएपछि राष्ट्रबैंकले अनुमतिपत्र प्राप्त संस्थाबाट मात्र भुक्तानी गर्न सूचना जारी गरेको हो ।

अनुमतिपत्र नलिई भुक्तानी गर्नु÷गराउनु गैरकानूनी र दण्डनीय हुने पनि राष्ट्रबैंकले उल्लेख गरेको छ । विद्याुतीय भुक्तानीका लागि राष्ट्रबैंकबाट अनुमतिपत्र लिएका संस्थाहरुको नामावली बैंकको वेबसाइट https://www.nrb.org.np/ मा राखेको छ ।

प्रतिक्रिया