बिहीबार, चैत १५, २०८०

इसेवा र इन्फो डेभलपर्सबीच सम्झौता

मेरोन्यूज २०७७ चैत १७ गते १७:५५

काठमाडौं । सहकारी तथा माइक्रोफाइनान्सलाई विद्युतीय भुक्तानीको चक्रमा जोड्ने उदेश्यले इसेवा र इन्फो डेभलपर्सबीच सम्झौता भएको छ। विद्युतीय भुक्तानी सेवा प्रदायक इसेवा र सफ्टवेयर निर्माता कम्पनी इन्फो डेभलपर्सले समयानुसार सहजताका लागि सम्झौता भएको जनाएका छन् ।

कारोबारलाई डिजिटल बनाउन सहकारी र माइक्रोफाइनान्सको भूमिका ठूलो भएकाले डिजिटल इकोनोमी बनाउने अभियानमा लागेको इसेवाद्धारा जारी बिज्ञप्तिमा उल्लेख छ । सम्झौतासँगै अब कोर बैंकिङ सिस्टमबाटै डिजिटल भुक्तानीको सुविधा लिन सक्ने इसेवाले जनाएको छ ।
यसले सहकारी तथा माइक्रोफाइनान्सका सदस्यले युटिलिटी बिल भुक्तानी, रेमिट्यान्स् भुक्तानी, एक सहकारीको खाताबाट अर्को सहकारीको खातामा रकम ट्रान्सफर, बैंकमा रकम ट्रान्स्फर तथा क्यूआर स्क्यान गर्ने सुविधा पाउने इसेवाले जनाएको छ। यो सम्झौतासँगै सहकारी तथा माइक्रोफाइनान्सका सदस्यहरुले बैंकका ग्राहकले जस्तै विद्युतीय भुक्तानीका विभिन्न सुविधाहरु उपयोग गर्न पाउने बताइएको छ ।


सम्झौतापत्रमा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र इन्फो डेभलपर्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया