बिहीबार, वैशाख ६, २०८१

ओलीले प्रचण्डलाई भने, – तपाईंका कथित सेना पनि छैन । हतियार पनि छैन । ती दिन त गए त अब ।’

मेरोन्यूज २०७७ चैत १७ गते १७:५६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डका विगतका दिन अब गएको बताए । प्रचण्डसँग कथित ‘सेना र हतियार’ नभएको भन्दै प्रधानमन्त्री ओलीले अब विगतका ति दिन सम्झेर नबसन आग्रह गरे ।

‘ती दिन गए प्रचण्ड जी, त्यो अब चल्दैन । तपाईंका हतियार र लडाकुसँग डराउने समय थियो । तर, म नडराइ बोल्थेँ, लत्कार्थेँ । आज त तपाईंका कथित सेना पनि छैन । हतियार पनि छैन । ती दिन त गए त अब ।’ ओलीले प्रचण्डलाई लक्षित गर्दै भने ।

हजुरवा र नातीको कथा सुनाउँदै ओलीले अब उमेर पनि सम्झिन प्रचण्डलाई आग्रह गरे । उनले भने,– ‘एकजना हजुरबा हुनुहुन्थ्यो । केटाहरुले छेलो फ्याँकेको देखेर यति जाबो डुंगा त म फुत्त फ्याँक्दिन्छु भनेर अघि सर्नुभयो तर फुत्त फ्याँक्दा कम्मर सड्किएर ढल्नुभयो । उहाँले आफू बुढो भएको थाहा पाउनुभएन छ । प्रचण्डजीलाई पनि म उमेर सम्झिन आग्रह गर्न चाहन्छु । उमेर सम्झिएर छेलो फ्याक्न नखोज्नुस्, ढाड सड्किन्छ । त्यो जमाना गयो । समय यस्तो चिज हो त्यो फर्केर आउँदै, आउँदैन । अगाडिमात्रै जान्छ ।’

रिपोटर्स क्लवको वार्षिक उत्सव कार्यक्रमलाई सम्बाेधन गर्दै ओलीले पार्टीमा सधैँ अरुलाई ‘ह्याकुल्ला’ले मिच्न नसकिने पनि बताए ।

‘अदालते नमागेको न्याय दियो भन्नुभएको छ । तपाईंले नमागेको थियो होला, ऋषि कट्टेलले त मागेको थियो नि त । अर्काको नाममा पार्टी दर्ता गरेर ह्याकुलाले मिच्न खोज्ने ?’ ओलीले थपे, ‘उहाँहरूको मिच्ने बानी परेको क्या । जे गरे पनि हुने, विनाश गरे पनि हुने, लुटे पनि हुने, कुटे पनि हुने, काटे पनि हुने । जुरो हल्लाको छ, हिँडेको छ । बानी बिग्रेको ।’

पार्टीमा काहाँ एकता भएको थियो र ? ओलीले भने, –‘‘एकता बाँकी थियो र भंग गर्ने अदालतले ?’ मंगलबार रिपोर्टस क्लबको २३ औं वार्षिकाेत्सव कार्यक्रममा उनले प्रश्न गरे, ‘अध्यक्ष निकालिसकेको छ । दलको नेता निकालिसकेको छ । दलको नेतालाई साधारण सदस्यबाट निकालेको छ । मैले फोन गरेकालाई मजाक गर्ने इच्छा छैन भनेर, ठीक छ नि त आफ्नो-आफ्नो पार्टी चलाउने ।’

प्रतिक्रिया