शनिबार, वैशाख ८, २०८१

पछिल्लो २४ घण्टामा १६७ जना कोरोना संक्रमण ११५ जना संक्रमणमुक्त

मेरोन्यूज २०७७ चैत १७ गते १६:५७

काठमाडौं । पछिल्लो चौविस घण्टामा देशभर थप १ सय ६७ जना कोरोना भाइरस (कोभिड१९) संक्रमित थपिएका छन् । पछिल्लो चौविस घण्टामा देशभर थप १ सय ६७ जना कोरोना भाइरस (कोभिड १९) संक्रमित थपिएका छन् । यही अवधीमा थप १ सय १५ जना संक्रमणमुक्त भई घर फर्किएका छन् ।
यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७७ हजार १ सय ४७ पुगेको छ । त्यसैगरी संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार ७ सय २७पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या १ हजार ३ सय ९० रहेको छ । क्वारेनटिनमा ५३ जना रहेका छन् । चौविस घण्टामा थप ३ जना संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३० पुगेको छ
यही अवधीमा थप १ सय १५ जना संक्रमणमुक्त भई घर फर्किएका छन् ।

प्रतिक्रिया