शुक्रबार, चैत १६, २०८०

नेप्से कारोबारमा वृद्धि

मेरोन्यूज २०७७ चैत १७ गते १६:३४

काठमाडौ । मंगलबार शेयर बजारमा हरियाली छाउँदा शेयर कारोबार मापक नेप्से परिसूचक ३२ दशमलब १५ अंकले उकालो लागेको छ । नेप्सेसँगै कारोबार रकममा पनि सुधार आएको स्टक एक्सचेञ्जले जनाएको छ ।
अघिल्लो दिनको तुलनामा बजार परिसुचक १ दशमलब २६ अंकले बढेर २ हजार ५ सय ७५ दशमलब ६६ बिन्दुमा पुगेको छ । क वर्गका कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ इन्डेक्स ६ दशमलब १९ अंकले बढेर ४ सय ५६ दशमलब १० बिन्दुमा पुगेको छ ।
व्यापार र उत्पादन समूह बाहेकका सबै उपसूचकमा वृद्धि हुँदा सबैभन्दा धेरै निर्जीवन बीमा समूहको ३ सय ९८ दशमलब ३२ बिन्दुमा पुगेको छ । मंगलबार २ सय ९ कम्पनीको १ करोड २२ लाख ९ हजार ९ सय २६ कित्ता सेयर ६ अर्ब १८ करोड ४५ लाख ५८ हजार ४ सय ९८ रुपैयाँमा किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ ।
यसैबीच अजोड इन्स्योरेन्सको सेयर मूल्य ९.९६ प्रतिशतले बढेको भोलिपल्टै ५० प्रतिशत हकप्रद सेयर दिने घोषणा गरेको छ । समग्रमा बजार घट्दा समेत अजोडको सोमबार पोजिटिभ सर्किट लेभलमा सेयर कारोबार भएको थियो ।


सेयर मूल्य आकासिएको भोलिपल्टै ५० प्रतिशत हकप्रद घोषणा गरिएपछि अजोडको सोमबार भएको कारोबारलाई शंकास्पद रुपमा हेरिएको छ । इन्साइडर ट्रेडिङ (सूचना चुहाएर कारोबार) भएको भन्दै लगानीकर्ताहरुले कारोबार नै रद्द गर्नु पर्ने माग गरेका छन् ।
सेयर मूल्यमा प्रभाव पार्ने कुनै निर्णय भएमा कम्पनीले सबैभन्दा पहिला नेपाल स्टक एक्सचेन्जलाई जानकारी दिनु पर्ने हुन्छ । तर, कम्पनीको सञ्चालक समितिमा रहेका वा उच्च व्यवस्थापन तहका कर्मचारीहरुले सूचना बाहिर लगेर इन्साइडर ट्रेडिङ गराउने गरेका छन् ।

प्रतिक्रिया