शुक्रबार, चैत १६, २०८०

म्यानमारमा सैन्य दमनको विरोधमा शान्ति समाजले गर्यो काठमाडौंमा प्रदर्शन (तस्विरसहित)

जुली गिरी २०७७ चैत १७ गते १४:५९

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले म्यानमारमा लोकतन्त्र वहालीको माग गर्दै भइरहेको आन्दोलनमा सैन्य दमनको विरोधमा काठमाडौंमा प्रदर्शन गरेको छ ।म्यानमारमा जारी हत्या र दमनको अन्त्यका लागि मानव अधिकार तथा शान्ति समाजले संयुक्त राष्ट्र संघलाई आग्रह गरेको छ ।

शान्ती समाजले आज मंगलबार म्यानमारमा लोकतन्त्रको बहालीको माग गर्दै पुल्चोकस्थित संयुक्त राष्ट्र संघमा बन्दीहरुको बिना सर्त रिहाईको माग राख्दै आवेदन दिएको छ । निवेदनमा म्यानमारमा भइरहेको मानवता विरुद्धको अपराधलाई रोक्न अन्तराष्ट्रिय समुदायले सामुहिक कदम चाल्नुपर्ने माग छ ।

यसैगरी संयुक्त राष्ट्र संघमा निवेदन दिदै समाजमा आबद्ध व्यक्तिसँगै स्थानियले कार्यालय अगाडी केहीबेर विरोधका आवाज सहित धर्ना दिएका थिए ।
यसअघि समाजले नेपालस्थित म्यानमारको दुतावास भैसेपाटीमा विरोध प्रदर्शन गरेको थियो ।

जुली गिरी

मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।

प्रतिक्रिया