बुधबार, वैशाख ५, २०८१

सर्वोच्च अदालतले गरेको फैसला पुनरावलोकन हुने विश्वास छ-प्रचण्ड

मेरोन्यूज २०७७ चैत १७ गते १३:२७

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतले गरेको फैसला पुनरावलोकन हुने विश्वास आफूहरुको रहेको बताएका छन् । गत फागुन २३ गते एमाले र माओवादी केन्द्र अलग हुने गरी भएको फैसला सर्वोच्च अदालतले सच्याउने विश्वास व्यक्त गरेका हुन् । रिट निवेदकले पार्टी एकता टुटोस् भन्ने चहाना राखेको पनि थिएन, नाम मात्र करेक्सन होस् भन्ने चाहना थियो’ उनले भने, ‘पक्कै पनि सर्वोच्चले पुनरावलोकन गर्छ । ढिलो गर्न हुने पनि छैन ।’

गत फागनु २३ गते नेकपाको नामसम्बन्धी विवादमा सर्वोच्च अदालतले एमाले र माओवादीबीचको एकता अस्वीकार गर्दै दुबै पार्टी अलग अलग हुने फैसला सुनाएको थियो ।

प्रतिक्रिया