शुक्रबार, वैशाख १४, २०८१

सोमबारको तुलनामा मंगलबार सुनको मुल्य ५ सयले घट्यो, व्यवसायी भन्छन् ‘आज कारोबार बढ्ने आशा छ’

मेरोन्यूज २०७७ चैत १७ गते १३:०६

काठमाडौं । नेपाली बजारमा कारोबार भएको साताको दोस्रो दिन मंगलबार सुनचाँदीको मुल्य सस्तो भएको छ । सातो तेस्रो दिन मंगलबार भएपनि आइतबार होली कारण बजार बन्द भएकाले कारोबार बन्द भएको थियो । तेसैले कारोबार भएको दोस्रो दिन मंगलबार सुन प्रतितोला ८६ हजार रुपैयाँमा किनबेच भएको छ । चाँदी प्रतितोला १५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला १ हजार २ सय १५ रुपैयाँमा किनबेच भएको सुनचाँदी व्यवसायी संघले जनाएको छ ।
सुनचाँदी केही सस्तो भएकाले मंगलबार सुनचाँदी बजारमा उत्साहा हुने अपेक्षा रहेको सुनचाँदी व्यवसायी संघका अध्यक्ष मणिकरत्न शाक्यले बताए ।

मेरोन्यूजसँग कुरा गर्दै शाक्यले पछिल्लो समय किन्नेको भन्दा बेच्नेको लर्को लागेको र धेरै व्यक्ति शेयरतिर आकर्षित भएकाले सुनचाँदीको व्यापार अन्तराष्ट्रियस्तरदेखि नेपालमा समेत आकर्षण नदेखिएको उल्लेख गरे ।
सर्वसाधारण भने सुन घटेमा मात्र किन्ने तयारीमा छन् । सुन सस्तो भएर प्रतितोला ७० हजार रुपैयाँमा पुगे खरिद गर्ने होइन भने पर्ख र हेरको स्थितीमा रहेको कोटेश्वरकी डेमामालिनी शर्माले मेरोन्यूजमा भनाई राखिन् ।

प्रतिक्रिया