शुक्रबार, चैत १६, २०८०

सात वटा निर्माण कम्पनी कालोसूचीमा पर्दै

मेरोन्यूज २०७७ चैत १७ गते ७:२१

काठमाडौं । मापदण्ड अनुसारको काम नगरेको भन्दै सरकारले सात वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने अन्तिम तयारी गरेको छ ।

यसअघि नै एक महिनाभित्र लिखित स्पष्टिकरण दिन भनिएकोमा हालसम्म पनि कुनै स्पष्टिकरण नआएपछि कालोसूचीमा राख्ने कम्पनीलाई स्पष्टिकरण दिन सात दिनको म्याद थप भएको छ । कालोसूचीमा राख्न नपर्ने कुनै कारण र आधार भए सात दिन भित्र सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलमा स्पष्टिकरण पेश गर्न सूचनामा भनिएको छ ।

सरकारले नन्दनी कन्स्ट्रक्सन कलैया–५ बारा, जी पी वी कन्स्ट्रक्सन हेटौंडा–४ मकवानपुर, सरस्वती निर्माण सेवा बहुअरी–४ पर्सा, आशिया कन्स्ट्रक्सन विरगञ्ज–३ पर्सालाई कालोसूचीमा राख्ने भएको हो । यस्तै सौरभ कन्स्ट्रक्सन सिर्सिया–१ पर्सा, सोनु कन्स्ट्रक्सन मुडली–७ पर्सा र दामु चन्द्रमाला कन्स्ट्रक्सन, चन्द्रमाला सप्लायर्स वसामडी–५ मकवानपुरलाई पनि कालोसूचीमा राख्ने भएको हो ।

सात वटै कम्पनीलाई कालोसूचीमा राख्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक डिभिजन कार्यालय हेटौंडाले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गरेको हो ।

Advertisement

प्रतिक्रिया