शुक्रबार, वैशाख ७, २०८१

थ्री नेसन्स कप फुटबलको उपाधि नेपाललाई

मेरोन्यूज २०७७ चैत १६ गते २१:२६

काठमाडौं । थ्री नेसन्स कप फुटबल प्रतियोगिताको उपाधि नेपालले जितेको छ । दशरथ रंगशालामा सोमबार सम्पन्न फाइनल खेलमा बंगलादेशलाई २–१ ले हराउँदै नेपालले उपाधि हात पारेको हो ।

खेलको १८ औँ मिनेटमा नेपालका संजोग राईले पहिलो गोल गरेका थिए । त्यस्तै ४१ मिनेटमा विशाल राईले दोस्रो गोल गरे । बंगलादेशले ८३ औँ मिनेटमा जवाफी गोल फर्काएको थियो । प्रतियोगितामा नेपाल, बंगलादेश र कीर्गिस्तानको २३ वर्षमुनिको टोली सहभागिता थियो ।

प्रतिक्रिया