शुक्रबार, वैशाख १४, २०८१

नख्खुमा बर्ड फ्लु भेटियाे, डेढ हजार बढी पशुपक्षी नष्ट

मेरोन्यूज २०७७ चैत १६ गते २१:१८

काठमाडाैं । ललितपुर महानगरपालिका–१४ को नख्खुमा कृषकले पालेका पशुपक्षीमा बर्ड फ्लु रोग देखिएको छ । पशु सेवा विभागका सूचना अधिकारी डा चन्द्र ढकालले नख्खुमा रहेका कृषकले पालेका हाँस, कुखुरा, बट्टाईको नमूना केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरमा पीसीआर परीक्षण गर्दा बर्डफ्लु रोग देखिएको जानकारी दिए ।

नेपालमा यसवर्ष बर्ड फ्लु रोग देखिएको यो छैटौँ पटक हो । यसअघि सुर्खेत, जाजरकोट तथा काठमाडौँको तारकेश्वरको तीन ठाउँ बर्ड फ्लु देखिएको थियो । बर्ड फ्लु रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलिन नदिन त्यहाँ रहेका पशुपक्षीलाई तत्काल नियन्त्रणमा लिनका लागि सङ्घ, प्रदेश र स्थानीय तहबाट दक्षजनशक्ति परिचालन गरिएको र त्यस क्षेत्रलाई पूर्ण निःसङ्क्रमणसमेत गरिसकेको उनकाे भनाइ छ ।

उक्त क्षेत्रका ५१६ हाँस, ८५४ स्थानीय कुखुरा, १५४ बट्टाई, ९४४ वटा अण्डा, ३३५ केजी दाना नष्ट गरिएको छ ।

प्रतिक्रिया