शुक्रबार, वैशाख ७, २०८१

त्रिविका परीक्षा नरोकिने

मेरोन्यूज २०७७ चैत १६ गते १९:१२

काठमाडौं । वायुमण्डलमा खराबी देखिएसँगै सरकारले चार दिन विद्यालय बन्द गर्ने निर्णय गरे पनि त्रिभुवन विद्यालयले सञ्चालन गर्ने परीक्षा भने नरोकिने भएको छ । त्रिवि रजिष्ट्रारको कार्यालयले आज सूचना जारी गरी स्वास्थ्य सजगता अपनाउँदै परीक्षाका कार्यक्रम पूर्वनिर्धारित कार्यतालिका अनुसार हुने जनाएको हो ।

कार्यालयले चैत १७ देखि २० गतेसम्म पठनपाठन बन्द भएपनि नियमित प्रशासनिक कार्य भने यथावत सञ्चालन गर्ने निर्णय गरेको छ । वायु प्रदूषण बढेकाे भन्दै सरकारले चार दिन शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया