बिहीबार, वैशाख १३, २०८१

वायुमण्डलमा देखिएको खराबी अझै हटेन (फोटो फिचर)

जुली गिरी २०७७ चैत १६ गते १८:४६

काठमाडौं । काठमाडौँ उपत्यकासहित देशभरको वायुमण्डलमा आएको खराबी अझै हट्न सकेको छैन । वायुमण्डल प्रदूषित हुँदा सर्वसाधारणको जनस्वास्थ्यमा प्रतिकूल असर देखिन थालेका छन् ।

वायु प्रदूषणका कारण श्वारप्रश्वासमा कठिनाइ हुने, खोकी लाग्ने तथा आँखा पोल्नेलगायत समस्या बढेर गएका छन् । चिकित्सकहरुले अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन सबैमा अनुरोध गरेका छन् ।

वायुमण्डलमा दूषित कणको मात्रा बढेको भन्दै सरकारले चार दिनका लागि देशरभका विद्यालय बन्द गर्ने निर्णय लिएको छ । गत शुक्रबारबाट धुम्मिएको वायुमण्डलमा अझै सुधार आउन सकेको छैन । मौसमविद्हरुले ठूलो हावाहुरी वा पानी नपरी वायुमण्डलमा देखिएको प्रदूषण नहट्ने बताएका छन् ।

जुली गिरी

मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।

प्रतिक्रिया