बिहीबार, वैशाख १३, २०८१

पछिल्लो २४ घण्टामा १४१ संक्रमित थपिए, ८२ जना डिस्चार्ज

मेरोन्यूज २०७७ चैत १६ गते १७:५०

काठमाडौं । पछिल्लो २४ घन्टामा मात्रै १ सय ४१ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा थपिएका संक्रमित सहित नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७६ हजार ९ सय ८० पुगेको छ।

आइतबार १ हजार ३ सय ४१ जना सक्रिय संक्रमित छन्।कोरोना निको हुने संख्या ८२ जना छन्।

गत २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ। नेपालमा ३ हजार २७ जनाको संक्रमणबाट मृत्यु भएको छ। आज ५६ जना क्वारेन्टाइनमा छन्। पछिल्लो केही दिन यता कोरोना निको हुने भन्दा थपिनेको संख्या बढन थालेको हो ।

प्रतिक्रिया