बिहीबार, वैशाख १३, २०८१

प्रधानमन्त्री ओली त्रिदेशीय फुटबल हेर्न रंगशाला जाने

मेरोन्यूज २०७७ चैत १६ गते १५:१९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली थ्री नेसन्स कपको फाइनल हेर्न दशरथ रंगशाला जाने भएका छन् । सोमबार बेलुका सवा ५ बजे नेपाल र बंगलादेशबीच फाइनल प्रतियोगिता हेर्न प्रधानमन्त्री ओली रंगशाला जाने भएका हुन् ।

फाइनल खेल हेरेपछि प्रधानमन्त्री ओलीले नै पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको बताइएको छ । नेपाल र बंगलादेश तेस्रोपल्ट फाइनलमा भिड्न लागेका हुन् ।

प्रतिक्रिया