शनिबार, वैशाख ८, २०८१

सुदूरपश्चिममा २९ जनाको नमुना परीक्षण गर्दा १५ जनामा कोरोना

मेरोन्यूज २०७७ चैत १६ गते १५:१४

धनगढी । सुदूरपश्चिममा थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गौरीफन्टा नाकाबाट नेपाल प्रवेश गरेका १२ जना र धनगढीका स्थानीय तीन जना गरी १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले २९ जनाको स्वाब परीक्षण गर्दा १५ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।


उनका अनुसार हाल अस्पतालको आइसीयूमा र्दुइ जनाको उपचार भइरहेको छ । सुदूरपश्चिममा पछिल्लो समय दैनिक कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । केही दिनयता भारतमा कोरोनाको दोस्रो लहर चलेसँगै भारतबाट नेपालीहरू घर फर्किन क्रम सुरु भएको छ ।

प्रतिक्रिया