बिहीबार, चैत १५, २०८०

वायु प्रदूषण

देशभरका विद्यालय चार दिन बन्द गर्ने सरकारको निर्णय

मेरोन्यूज २०७७ चैत १६ गते १४:४८

काठमाडौं । शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको छ ।

मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा सोमबार बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो। मंगलबारदेखि शुक्रबारसम्म सबै शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो।

वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै चार दिन शिक्षण संस्था बन्द गर्ने निर्णय गरिने बैठकमा उपस्थित एक सदस्यले मेरोन्युजलाई जानकारी दिए ।

Advertisement

प्रतिक्रिया