बिहीबार, वैशाख १३, २०८१

भारतमा एकै दिन थपिए ६८ हजार काेराेना संक्रमित

मेरोन्यूज २०७७ चैत १६ गते १४:३९

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा एकैदिन ६८ हजारभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त अवधिमा ६८ हजार २० नयाँ संक्रमित भेटिएका हुन् । भारतमा गत अक्टोबर यता एकैदिन सबैभन्दा धेरै कोरोना संक्रमित फेला परेका हुन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा सक्रिय संक्रमितको संख्या पनि पाँच लाख नाघेको छ । भारतमा पछिल्लो २४ घण्टामा २९१ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । महाराष्ट्रमा मात्र पछिल्लो २४ घण्टामा कोरोनाका ४० हजारभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् ।

पछिल्लो २४ घण्टामा ३५ हजार ४९८ सक्रिय संक्रमित थपिएका हुन् । भारतमा कोरोना संक्रमितको समग्र संख्या पनि एक करोड २० लाख नाघेको छ । भारत कोरोना संक्रमित संख्याको आधारमा अमेरिकापछि दोस्रो सबैभन्दा प्रभावित मुलुक हो । अहिलेसम्म भारतमा एक लाख ६१ हजारभन्दा धेरैको कोरोना संक्रमणको कारण मृत्यु भइसकेको छ ।

प्रतिक्रिया