आइतबार, जेठ ६, २०८१

कुलप्याड मोबाइलको लखपति योजना, हरेक साता जित्नुहोस् रु १ लाख

मेरोन्यूज २०७७ चैत १६ गते १२:२६

काठमाडौं । स्मार्टफोन ब्राण्ड कुलप्याडले आफ्ना उपभोक्ताहरुको लागि नयाँ वर्ष २०७८ को अवसर पारेर लखपति योजना सार्वजनिक गरेको छ । नेपालको लागि कुलप्याड मोबाइलको आधिकारीक आयातकर्ता तथा बितरक कम्पनी एसडी इन्टरनेशनल प्रालिले कुलप्याड लखपति योजना सार्वजनिक गरेको जनाएको छ ।

Advertisement

कुलप्याड मोबाइलको ब्राण्ड एम्बेस्डर शिल्पा मास्केले हरेक साता १ जना भाग्यशाली ग्राहकहरुलाई १ लाख रुपैयाँ उपहारमा प्रदान गर्ने लखपति योजना रहेको एसडी इन्टरनेशनलद्धारा जारी बिज्ञप्तिमा उल्लेख छ । कुलप्याण्ड लखपति योजनामा कम्पनीले कुलप्याण्डका स्मार्टफोनहरु किन्ने ग्राहकहरुमध्येबाट प्रत्येक साता एक जना भाग्यशाली ग्राहकलाई १ लाख रुपैयाँ उपहार प्रदान गर्नेछ ।

त्यसैगरी,प्रत्येक साता कम्पनीले ५ जना बिजेताहरुलाई कुलप्याड स्मार्टफोन समेत उपहार प्रदान गर्नेछ । कम्पनीले प्रत्येक साता १० वटा कुलप्याडको इयरबड समेत प्रदान गर्ने जनाएको छ । कुलप्याड लखपति योजनाअन्तरगत ८ सातामा ८ जना प्रत्येक ग्राहकहरुलाई १ लाख रुपैयाँ, ४० वटा स्मार्टफोनहरु र ८० वटा कुलप्याड इयरबड प्रदान गर्नेछ ।

सो योजनामा सहभागी हुन कुलप्याडका कुनैपनि स्मार्टफोन खरिद गरेर त्यसको आईएमईआई नम्बर ३३००१ मा एसएमएस गरी पठाउनुपर्नेछ । यसको लागि कुलप्याड लेखेर स्पेस दिई आईएमईआई नम्बर लेखेर स्पेस दिई ग्राहकको नामसहित ३३००१ मा पठाउनुपर्नेछ ।

प्रतिक्रिया