बिहीबार, चैत १५, २०८०

होलीको उमंगमा रम्दै तराई मधेस

मेरोन्यूज २०७७ चैत १६ गते ११:१७


काठमाडौं / रंगहरूको पर्व फागु (होली) तराई–मधेस क्षेत्रमा आज उल्लसपूर्वक मनाइदैछ । गत वर्ष कोभिडका कारण होली मनाउन नपाएका आम सर्वसाधारणले यसपटक भने होलीमा रमाईरहेका छन् ।

साथीभाई, इष्टमित्र लगायतसँग एक आपसमा फागु खुलेर होली मनाइदै छ । पहाडी जिल्लामा आइतबार नै फागु पूर्णिमा अर्थात् होली मनाइएको थियो ।

तराई मधेसका जिल्लाहरूमा भने आज (सोमबार) होली मनाउन लागिएको हो । होलीका अवसरमा पाहाडी जिल्लामा केन्द्र सरकारले हिजो र तराई मधेसका जिल्लाहरुमा आज सार्वजनिक बिदा दिएको छ ।

भौगोलिक संरचना र मान्यताअनुरूप फागु पूणिर्मा मनाउने चलन छ । स्थानअनुसार मनाइने फागु पुणिर्माको नाम पनि फरक फरक छ । हिमाली र पहाडी भेकमा ‘फागु’ र मधेशमा ‘होली’ भनिन्छ । मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ र ‘होरी’ भनिन्छ ।

Advertisement

प्रतिक्रिया