बुधबार, वैशाख १२, २०८१

विदेशी मुद्रा बढोत्तरी

मेरोन्यूज २०७७ चैत १६ गते १०:४८

काठमाण्डौ । विदेशी मुद्राको विनिमय दर दिनप्रतिदिन परिवर्तन हुन थालेको छ । साताको पहिलो दिन धेरै विदेशी मुद्राको विनिमय दरमा वढोत्तरी आएको छ ।

नेपाल राष्ट्र बैंकले आज आइतबार सार्वजनिक गरेको सटहीदर अनुसार १ अमेरिकी डलरको खरिददर १ सय १५ रुपैयाँ ७२ पैसा र बिक्रिदर १ सय १६ रुपैयाँ ३२ पैसा रहेको छ । युरोको खरिद रकम १३६ रुपैयाँ ५३ पैसा, बिक्रिदर १ सय ३७ रुपैयाँ २३ पैसा रहेको छ ।

राष्ट्र बैंकका अनुसार युके पाउण्ड स्ट्रलिङ खरिद मूल्य १५९ रुपैयाँ ५६ पैसा र बिक्री दर १ सय ६० रुपैयाँ ३९ पैसा कायम भएको छ । यसै गरी अष्ट्रेलियन डलर १ को खरिद मुल्य ८८ रुपैयाँ ३८ पैसा रहेको छ भने बिक्रिदर ८८ रुपैयाँ ८३ पैसा कायम भएको छ ।

क्यानेडियन डलर ९२ रुपैयाँ ५ पैसा खरिद रहेको छ भने ९२ रुपैयाँ ५३ पैसा बिक्रि मुल्य रहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार सिंगापुर डलर खरिद मुल्य ८६ रुपैयाँ २ पैसा छ भने बिक्रीदर ८६ रुपैयाँ ८७ पैसा तोकिएको छ । यसैगरी जापानीज एन प्रति १० बराबर १० रुपैयाँ ५५ पैसा बिक्रिदर १० रुपैयाँ ६१ पैसा रहेको छ ।

चाइनिज यान १ को खरिद १७ रुपैयाँ ६९ पैसा छ भने बिक्रिदर १७ रुपैयाँ ७८ पैसा छ । साउदी रियाल रियालको खरिद मूल्य ३० रुपैयाँ ८६ पैसा र बिक्रि मूल्य ३१ रुपैयाँ २ पैसा रहेको छ भने कतारी रियालको खरिद मूल्य ३१ रुपैयाँ ८८ पैसा र बिक्रि मूल्य ३१ रुपैयाँ ९४ पैसा कायम रहेको छ ।

त्यस्तै युएइ दिरामको खरिद मूल्य ३१ रुपैयाँ ५० पैसा र बिक्रि मूल्य ३१ रुपैयाँ ६७ पैसा रहेको छ । मलेसियन रिङ्गेटको आजको खरिद मूल्य २७ रुपैयाँ ९१ पैसा र बिक्रि मूल्य २८ रुपैयाँ ५ पैसा तोकिएको छ ।

यसैगरी साउथ कोरियाको कोरियन १०० वनको खरिददर १० रुपैयाँ २५ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ३० पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ । बाणिज्य बैंकहरु र मनि ट्रान्सफर एक्सचञ्ज कम्पनी मा पैसा सटही गर्दा झिनो रकम फरक पर्नसक्ने राष्ट्र बैंकले उल्लेख गरेको छ ।

प्रतिक्रिया