बिहीबार, वैशाख १३, २०८१

आइपुग्यो चिनिया खोप काठमाडौंमा

मेरोन्यूज २०७७ चैत १६ गते १०:१५

काठमाडौं । चीन सरकारले अनुदानमा दिएको कोरोनाबिरुद्धको आठ लाख डोज खोप काठमाडौँ आइपुगेको छ ।

चीन सरकारले सिनोफार्म अन्तर्गतको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्ट कम्पनी लिमिटेडले उत्पादन गरेको सार्स कोभ–२ भाक्सिन (भेरोसेल) खोपको ८ लाख डोज नेपाललाई अनुदानमा दिएको हो ।

चिनियाँ राजदुत हाउ यान्छीले चीनले अनुदानमा दिएको कोभिड–१९ विरुद्धको खोप सहितका सामाग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार बिहान स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरिन ।

दुई मात्रा लगाउनुपर्ने चीनको सिनोफार्म उत्पादन गरेको खोप २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिन्छ । यसअघि भारतले सिरम इन्सटिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोपको १० लाख डोज खोप नेपाललाई अनुदानमा उपलब्ध गराएको थियो ।

उक्त खोप सरकारले प्राथमिकताका आधारमा नागरिकलाई पहिलो डोज दिइसकेको छ । चीनले गत फागुन १७ मा नेपाललाई अनुदानस्वरूप आठ लाख डोज सिनोफार्म खोप उपलब्ध गराउने घोषणा गरेको थियो ।

प्रतिक्रिया