शनिबार, वैशाख ८, २०८१

होलीमा झडप हुँदा बागलुङमा दुई जनाको मुत्यु

जिल्ला प्रहरी प्रमुख एसपी कै नेतृत्वमा अनुसन्धान सुरु

मेरोन्यूज २०७७ चैत १६ गते ९:२०

बागलुङ । बागलुङमा होली मनाउन जम्मा भएका युवाबीच झडप हुँदा २ जनाको मृत्यु भएको छ ।

आइतबार दिउँसो दुई समूहबीच झडप हुँदा निसीखोला गाउँपालिका–७ का ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाईको मृत्यु भएको थियो । भिरबाट ५ सय मिटर तल खसेको अवस्थामा उनीहरुको शव भेटिएको थियो ।

बडिगाड गाउँपालिका–१० दर्लिङ बल्देधुरीमा भएको सो घटनाको विषयमा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरको टोलीले घटनास्थल मै पुगेर अनुसन्धान सुरु गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक इकवाल हवारीका अनुसार घटना भएलगत्तै एसपी मगरको नेतृत्वमा ११ जनाको टोली बुर्तिबाङबाट प्रस्थान गरेको हो ।

पोस्टमार्टमका लागि उनीहरुको शव राती नै सदरमुकामस्थित बुर्तिबाङ प्राथमिक स्वास्थ्यचौकीमा ल्याइसकेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्नको खोजी कार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीले जानकारी दिनुभयो । झडपमा परी ५/६ जना घाइते भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया