शनिबार, वैशाख ८, २०८१

भन्सार विभागले माग्यो ६६० एजेन्टका लागि आवेदन

स्नातक पासले मात्र आवेदन दिन पाउने

मेरोन्यूज २०७७ चैत १६ गते ८:१९

काठमाडौं । भन्सार विभागले भन्सार एजेन्टको इजाजतपत्रका लागि ६ सय ६० जनाको दरखास्त माग गरेको छ ।

योग्यता पुगेका व्यक्तिले अनलाइनबाट दरखास्त दिन सक्ने विभागले जनाएको छ । २१ वर्ष उमेर पुगेका र मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक वा सो सरह उतिर्ण गरी कम्युटरको ३ महिनाको आधारभुत तालिम लिएको व्यक्तिले दरखास्त दिन सक्ने विभागले जनाएको छ ।

यस्तै सरकारलाई तिर्न बुझाउन पर्ने रकम बाँकी नभएको र फौजदारी अभियोगमा अदालतबाट कसुरदार प्रमाणित नभएको हुनुपर्ने पनि विभागको सूचनामा उल्लेख छ ।

इच्छुक उम्मेदवारले आगामी बैशाख ५ गतेसम्म तीन हजा रुपैयाँ तिरेर दरखास्त दिन सक्ने तथा दोब्बर दस्तुरमा थप एक हप्ता दरखास्तको समय रहने छ । परिक्षा केन्द्र काठमाडौं उपत्यकामा मात्र रहेने र सो सम्वन्धी थप विवरण पछि सार्वजनिक गर्ने विभागको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया