बिहीबार, वैशाख ६, २०८१

जेठमा हुने भयो बार काउन्सिलको २९ औं परिक्षा, (सूचनासहित)

मेरोन्यूज २०७७ चैत १६ गते ७:०२

काठमाडौं । नेपाल कानून व्यवसायी परिषदले २९ औं अधिवक्ता तहको लिखित परिक्षा आगामी जेठमा गर्ने भएको छ । परिषदले आज सूचना जारी गर्दै आगामी जेठमा सातै प्रदेशबाट परिक्षा सञ्चालन हुने जनाएको हो ।

परिषदले जारी गरेको सूचनामा प्रदेश १ को विराटनगर, प्रदेश २ को जनकपुर, बागमती प्रदेशको काठमाडौं, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदुरपश्चिम प्रदेशको धनगढीमा परिक्षा हुने उल्लेख छ । यद्धपी काठमाडौं बाहिरका केन्द्रमा भने कम्तिमा ५० जना परिक्षार्थी हुनुपर्ने छ ।

परिषदले योग्यता पुगेका व्यक्तिलाई यही चैत १६ गतेदेखि बैशाख १५ गतेसम्म दरखास्त आवेदन दिने भनेको छ । यसअघि जस्तै यो पटक पनि दरखास्त शुल्क दुई हजार ५ सय रुपैयाँ निर्धारण गरेको परिषदका सचिव रामहरि शर्मा काफ्लेले जानकारी दिनुभयो ।

हेर्नुहोस परिषदले जारी गरेको सूचना

प्रतिक्रिया