बिहीबार, वैशाख १३, २०८१

नरसंहार रोक्न म्यान्मारको सरकारलाई कांग्रेसको आग्रह

मेरोन्यूज २०७७ चैत १५ गते १७:१६

काठमाडौं । नेपाली कांग्रेसले म्यानमारको सैनिक सरकारलाई नागरिक प्रदर्शनमा नरसंहारका घटना रोक्न आग्रह गरेको छ।

घटनालाई रोकेर निर्वाचित सरकारलाई बहाल गर्न, लोकतन्त्र पुनःस्थापित गर्न र नेतृ आङ साङ सुकीलगायत सबै राजवन्दीलाई रिहा गर्न पनि कांग्रेसले माग गरेको छ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार विज्ञप्ति जारी गर्दै नरसंहारको घटना ‘अत्यन्तै अमानवीय र निन्दनीय’ भएको टिप्पणी गरेका छन्।

उनले लोकतन्त्र पुनःस्थापित गर्न म्यानमारको सैनिक सत्तामाथि विश्वव्यापी रूपमा तीब्र दवाब बढाउन र त्यहाँको जनताको पक्षमा विश्वभरबाट आवाज उठाउन अत्यावश्यक भएको पनि बताएका छन्।

हाल त्यहाँ सैनिक कारबाहीमा करिब चार सय सर्वसाधारण मारिएका छन्।

प्रतिक्रिया