बुधबार, वैशाख ५, २०८१

कोभिड–१९ बाट २२ देशमा ३४५ नेपालीको ज्यान गयाे

मेरोन्यूज २०७७ चैत १५ गते १६:२५

काठमाडाैं । पछिल्लाे साता कोभिड १९ को संक्रमणबाट विदेशमा थप ३ नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सन्जिव सापकोटाका अनुसार यो साता बेलायतमा २ र क्यानाडामा १ गैरआवासीय नेपालीको कोरोना संक्रमणका कारण निधन भएको हो ।

एनआरएनएका अनुसार विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण शनिबार साँझसम्म २२ देशमा रहेका ३४५ नेपालीको निधन भएको छ । संयोजक डा. सापकोटाका अनुसार यो साता बेल्जियम, मलेसिया र संयुक्त अरब इमिरेट्स (युएई) मा रहेका नेपालीमा थप कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य समितिका संयोजक डा. सापकोटाले पछिल्ला दिनमा भारतमा संक्रमण तीव्र बनेको र भारतबाट नेपाल फर्किनेको संख्या बढिरहेकाले सबैलाई अनिवार्य स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरे । उच्च स्वास्थ्य सतर्कता अपनाउनुका साथै खोप लगाएका र नलगाएका सबैले मास्ककाे प्रयाेग, सामाजिक दूरी, हातको सरसफाइ, हावा ओहोरदोहोर हुने ठाउँमा बसेर जनस्वास्थ्यको मापदण्ड पालना उनकाे सुझाव छ ।

प्रतिक्रिया