बिहीबार, वैशाख १३, २०८१

होलीमा ट्राफिक नियम नमान्ने सवारी साधन नियन्त्रणमा

मेरोन्यूज २०७७ चैत १५ गते १५:४४

काठमाडौं । काठमाडौं उपत्यकामा होली मनाउँदा ट्राफिक नियम उल्लंघन गरेर सवारी चलाउनेलाई ट्राफिक प्रहरीले कारबाही गरिरहेको छ ।

महाशाखाले ९५ ठाउँमा चेक प्वाइन्ट राखेर सवारी साधन चेकजाँच गरिरहेको छ ।

दिउँसो २ बजेसम्म मोटरसाइकल, स्कुटर, कार/जीप गरेर तीन सय ५० वटा सवारी साधनलाई नियन्त्रणमा लिएको ट्राफिक प्रहरी महाशाखा रामशाहपथले जनाएको छ ।

सबैभन्दा बढी ८५ वटा सवारी साधन कोटेश्वर ट्राफिक प्रहरी कार्यालयमा रहेका छन् ।

बिहान ७ बजेदेखि ट्राफिक प्रहरीले विभिन्न स्थानमा राखेको चेकप्वाइन्टबाट कागजपत्र नबोक्ने, दुईपाङ्ग्रे साधनमा तीनजना चढ्ने र लापारबाही गरेर चलाएका सवारीलाई समातेको र साँझ ६ बजेपछि मात्र जरिवाना तिराएर छाड्ने कार्य गरिने छ ।

होलीमा मापसे गरेर सवारी चलाउने चालक रहेको र उनीहरूलाई कारबाही गरिरएको ट्राफिक प्रहरीले जनाएको छ ।

ट्राफिक नियम उल्लंघन गर्ने अन्य दुई सय वटा सवारीमाथि सामान्य कारबाही गरिएको महाशाखाले जनाएको छ । महाशाखाले किशोर–किशोरीलाई लक्षित गरेर चेकजाँचमा कडाई गरेको छ ।

प्रतिक्रिया