शुक्रबार, चैत १६, २०८०

काठमाडौंको धाराहरूमा खस्यो मेलम्चीको पानी

मेरोन्यूज २०७७ चैत १५ गते १५:३३

काठमाडौं । मेलम्चीको पानी बल्ल काठमाडौंको धाराहरूमा खस्न थालेको छ।

आज दिउँसो २ बजेपछि धाराहरूबाट पानी खस्न थालेको हो। त्यसअिघि मीनभवन, महाङ्काल, अनामनगर र ललितपुरको खुमलटारस्थित नयाँ ट्याङकीमा पानी पठाइएको थियो।

मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख कमलराज श्रेष्ठले पहिलो दिन पुरानो वितरण लाइनबाट पानी धारामा छोडिएको बताए ।

उनका अनुसार आज चारवटा ट्याङ्कीबाट चार करोड लिटर पानी घरघरको धारामा वितरण हुँदैछ।

बालाजु, बाँसबारी, पानीपोखरीलगायत क्षेत्रको ट्याङकीमा भने दोस्रो चरणमा मात्रै पानी पठाउने आयोजना निर्देशनालयले जनाएको छ।

Advertisement

प्रतिक्रिया