शुक्रबार, वैशाख १४, २०८१

नेपाल पत्रकार महासंघ चुनावः

५२ पदका लागि १९८ जनाको उम्मेद्वारी (सूचीसहित)

मेरोन्यूज २०७७ चैत १५ गते ७:४९

काठमाडौं । पत्रकारहरुको साझा संगठन नेपाल पत्रकार महासंघको केन्द्रीय समितिको ५२ पदका लागि १९८ जनाको उम्मेद्वारी परेको छ ।

अध्यक्षमा ५ जनाको उम्मेद्वारी परेको छ । गजेन्द्रसिंह वुढाथोकी, दिपक पाठक, निर्मला शर्मा, रामप्रसाद दाहाल, विपुल पोख्रेल अध्यक्षका दाबेदार बनेका हुन् ।

वरिष्ठ उपाध्यक्षमा ४ जनाको उम्मेदवारी परेको छ । धुव्र लम्साल, राम्जी दाहाल, रमेश विष्ट, माधव नेपालको बरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी परेको हो ।

महासचिवमा पनि ४ जनाको उम्मेदवारी परेको छ । जसमा रोशन पुरी, बालकृष्ण बस्नेत, सुवोध गौतम र राजेश मिश्रको उम्मेदवारी परेको हो ।महासंघको आगामी नेतृत्वका लागि मतदान भने यही चैत २५ गते हुँदैछ । (कुन पदमा क_कसका परे उम्मेदवारी हेर्नुहोस् सूचीसहित)

प्रतिक्रिया