बुधबार, वैशाख ५, २०८१

पूर्वि मधेसकाे शिक्षा सबैभन्दा खस्कँदाे छ – पूर्वराष्ट्रपति यादव

मेरोन्यूज २०७७ चैत १४ गते २०:३८

काठमाडाैं । पूर्वराष्ट्रपति डा रामवरण यादवले अहिलेको शिक्षाको अवस्था राम्रो नभएको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित शैक्षिक अन्तरक्रियामा उनले देशको अहिलेको शिक्षा राम्रो नभएको र पूर्वी मधेसको शिक्षा सबैभन्दा बढी खस्कँदो रहेको बताए ।

पहाडी क्षेत्र र पश्चिम मधेसमा शिक्षाको अवस्था राम्रो भए पनि पूर्वी मधेसका बारादेखि सप्तरीसम्मको क्षेत्रको शिक्षाको अवस्था खस्कँदो रहेको उनकाे भनाइ थियाे । उनले राष्ट्र र समाज निर्माणका लागि शिक्षा नै महत्वपूर्ण हुने बताए । समाज रुपान्तरणको जग नै शिक्षा भएको उल्लेख गर्दै उनले शिक्षित जनशक्ति निर्माण गर्न सकेमात्रै देशको विकास हुने पनि बताए ।

प्रतिक्रिया