शनिबार, वैशाख ८, २०८१

राेजगारी सिर्जना र सामूहिक लगानीमा जुट्न व्यवसायीलाई सरकारकाे आग्रह

मेरोन्यूज २०७७ चैत १४ गते २०:३२

काठमाडाैं । नेपाल राष्ट्रिय उद्याेग व्यवसायी महासंघले नाै सदस्यीय सचिवालय सदस्य र विभिन्न दश विभागका संयाेजक, सहसंयाेजक र सचिव तोकेको छ। यही चैत १२ गते सम्पन्न भेलाकाे अर्थमन्त्री विष्णु पाैडेलले उद्घाटन गरेका थिए ।

कार्यक्रममा महासंघका इन्चार्जसमेत रहेका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले उद्याेगी, व्यवसायीलाई सामूहिक लगानी गर्नेतर्फ लाग्न सुझाव दिए । उद्याेगमन्त्री लेखराज भट्टले नीतिगत समस्या समाधान गर्न सरकार तत्पर रहेको बताउँदै रोजगारीको अवसर सिर्जना र उत्पादक क्षेत्रमा लगानी गर्न आग्रह गरे ।

महासंघका संयाेजक एलपि सावाँ लिम्बू, सह-संयाेजकमा भीमलाल पाैडेल र परशुराम अधिकारी, सदस्यमा डेकनाथ गाैतम, डिबी बस्नेत , खाेपनिधि लाेहनी, बालकृष्ण शिवाकोटी , दिनेश जैसी , निरज राई चयन भएका छन् । कर्पाेरेट परिषद् संयाेजकमा रघुनाथ पुरि, सहसंयाेजकमा रत्न गाैतम, सचिवमा मोहनकुमार डाँगी मनोनीत भएका छन् । महिला उद्यमी परिषद् संयाेजकमा लता प्याकुरेल, सहसंयाेजकमा मनिषा सुब्बा नाल्बो र लक्ष्मी भणडारी ओली, सचिवमा शोभा गुरुङ तथा सदस्यहरुमा रमिला लामा, शेषकुमारी सडाैला, रुक्मणि देवकोटा, मीना सुवेदी ढकाल, मुना बस्नेत र लक्ष्मी शाह चयन भएका छन् ।

आर्थिक विभाग संयोजकमा बालकृष्ण शिवाकोटी, सचिवमा भरत खत्री, ऊर्जा विभाग संयोजकमा शैलेन्द्र गुरागाईं, सचिवमा किरण गौतम, निर्यात प्रवद्र्धन विभाग संयोजकमा गोविन्द घिमिरे, सचिवमा अमृत खड्का, कृषि उद्यम विभाग संयोजकमा खुसनारायण सैजु, सचिवमा डम्बर खड्का, अन्तर्राष्ट्रिय सम्बन्ध समन्वय विभागमा द्विराज शर्मा शिवाकोटी, सचिवमा आशिष प्रसाईं, सस्थागत क्षमता विकास विभागमा अर्जुन भट्ट, प्रचार विभाग संयोजक बच्चुनारायण श्रेष्ठ, बैंक तथा वित्तीय समन्वय विभागको संयोजकमा गोपाल खनाल र सचिवमा अशोक शिवाकोटी चयन भएका छन् ।


करिब ९००उद्योगी व्यवसायी केन्द्रीय सदस्य रहेको महासंघमा विभिन्न संघ संस्थाको आबद्धता रहेको छ । महासंघले एक करोडभन्दा बढी पूँजी भएका कम्पनीलाई कर्पोरेट परिषदमा समेट्दै महिला परिषद् समेत निर्माण गरेको छ । देशभरका उद्योगी व्यवसायीलाई गोलबन्द गर्दै नेकपा (एमाले) नेतृत्वको सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को अभियान सफल पार्ने उद्देश्य लिएको महासंघको प्रचार विभाग सहसंयोजक रोहन गुरुङले बताए ।

प्रतिक्रिया