शनिबार, वैशाख ८, २०८१

प्रचण्ड भन्छन्-मैले जुन सरकारलाई प्रतिगामी भनेको छु, त्यो सरकारलाई अब समर्थन गर्न सक्दिनँ

मेरोन्यूज २०७७ चैत १४ गते २०:११

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफैले प्रतिगामी भनेको सरकारलाई अव समर्थन गर्न नसक्ने वताएका छन् ।


राजनीतिक गतिरोधबारे बृहत् नागरिक आन्दोलनले शनिबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रचण्डले सरकारलाई दिएको समर्थन अवको केही दिनभित्रै फिर्ता लिने वताएका हुन् ।


’मैले जुन सरकारलाई प्रतिगामी भनेको छु, त्यो सरकारलाई म अब समर्थन गर्न सक्दिनँ । चाहे राजनीति जतासुकै जाओस् । मैले मेरो राजनीति र मेरो नैतिकतालाई बचाउनुपर्दछ । केही दिनभित्र नै त्यो प्रक्रिया अगाडि बढाउँछु ’ प्रचण्डले भने ।

उनले सरकारमाथीको समर्थन फिर्ता नलिन जर्वजस्त दबाब भएपनि नैतिक र राजनीतिक ढंगले अव धेरै दिन नपर्खिने वताए । प्रचण्डले भने, ‘हिजो प्रधानमन्त्री ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक भनेर सडकमा भएका साथीहरुको मलाई हत्त न पत्त समर्थन फिर्ता नलि है भनेर जबर्जस्त दबाब म माथि छ । जबर्जस्त नै छ । म नामचाहिँ भन्दिनँ । हत्त न पत्त समर्थन फिर्ता लिइस् भने उल्टो पर्छ है भन्ने छ । मैले भनिरहेको छु, नैतिक र राजनीतिक ढंगले म अब धेरै दिन पर्खिन सक्दिनँ ।’


सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन उल्टाइदिएपछि आफूहरुले ठूलो लडाईं जितेको ठानेर रिल्याक्स गर्नु नै गल्ती भएको भन्दै प्रचण्डले अव राजनीतिक दलहरुको सहमति भनेर पर्खेर नवस्ने वताए । प्रचण्डले भने, ‘प्रधानमन्त्रीको कदमलाई अलोकतान्त्रिक र असंवैधानिक भनेर सडकमा गयौं, ती राजनीतिक दलहरुबीच न्यूनतम समझदारी र सहमति होस् । अविश्वासको प्रस्ताव दर्ता र समर्थन फिर्ता सँगसँगै होस् भनेर दाह्रा किटेर केही दिन समर्थन रोकेको मात्रै हो । अरु होइन ।’

०००

प्रतिक्रिया