शनिबार, वैशाख ८, २०८१

आगामी आवको बजेट कस्तो बनाउने ? अर्थ मन्त्रालयले माग्यो सुझाव

मेरोन्यूज २०७७ चैत १४ गते २०:०५

काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७८÷०७९ को लागि बजेट निर्माणका क्रममा रहेको भन्दै आवश्यक सुझाव माग गरेको छ । बजेट तर्जुमासम्बन्धी कार्य प्रारम्भ भइसकेको जनाउँदै मन्त्रालयले विभिन्न संघ, संस्था, वुद्धिजीवि, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, संचार जगत तथा आम नागरिकसँग सुझाव माग गरेको हो ।

मन्त्रालयले बजेट एवं नीति तथा कार्यक्रममा राख्नुपर्ने सुझाव आगामी वैशाख ५ गतेसम्म उपलब्ध गराउन आग्रह गरेको छ ।

प्रतिक्रिया