शुक्रबार, वैशाख १४, २०८१

सिजीका प्रबन्ध निर्देशक चौधरी योङ ग्लोबल लिडर्स फोरम क्लास २०२१ मा छनोट

मेरोन्यूज २०७७ चैत १४ गते १९:५४

काठमाडौं । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी वर्ल्ड इकोनोमिक फोरमअन्तर्गतको योङ ग्लोबल लिडर्स फोरम क्लास, २०२१ मा छनोट भएका छन् ।

टेलिकम्युनिकेसन, बैंकिङ, रियल–इस्टेट, खाद्यवस्तु उत्पादनलगायत क्षेत्रमा सक्रिय निर्वाण फोरममा नवप्रवेशी हुन् । आफ्नै पौरख र क्षमताले विश्वमा सकारात्मक प्रभाव छाड्न सफल युवालाई फोरमले नेतृत्व विकास कार्यक्रमका लागि विश्वभरबाट गोलबन्द गर्दै आएको छ ।

सन् २००४ मा वर्ल्ड इकोनोमिक फोरमका संस्थापक तथा कार्यकारी अध्यक्ष क्लाउस स्क्वाबले फोरम स्थापना गरेका थिए । फोरमले फोरमले दिगो आर्थिक र सामाजिक विकासका लागि नेतृत्वको चेतना र क्षमता अभिवृद्धिमा लगानी गर्छ । यसले अन्तरसम्बन्धित विश्वव्यापी मुद्दा र चुनौती सामना गर्न तथा निकासको बाटो पहिल्याउन सघाउँदै आएको छ ।

फोरममा १२० मुलुकका एक हजार ४०० सदस्य छन् । तीमध्ये कतिपय सदस्य सरकार प्रमुख, ‘फर्च्युन ५०० कम्पनी’का कार्यकारी, नोबेल र ओस्कार बिजेता, राष्ट्रसंघका सदभावना दूतलगायत छन् । हरेक वर्ष विश्वभरबाट चुनिएका हजारौं उम्मेदवारमध्ये छनोट समितिले क्षमता र समावेशीताका आधारमा १०० देखि १५० नयाँ सदस्य छनोट गर्छ । यो वर्ष १० हजार उम्मेदवारबाट ५६ मुलुकका ११२ नयाँ सदस्य छानिएका छन् ।

प्रतिक्रिया