बिहीबार, वैशाख ६, २०८१

कोरोना संक्रमणबाट ३ जनाको मृत्यु, ८५ संक्रमित थपिए

मेरोन्यूज २०७७ चैत १४ गते १६:३७

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट तीनजनाको मृत्यु भएको छ । हालसम्म देशभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या तीन हजार २७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोभिड–१९ का ८५ संक्रमित थपिएका छन् । दुई हजार ७४५ जनाको पीसीआर परीक्षण गरिएकोमा ८५ जनाको नतिजा पोजिटिभ आएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ७६ हजार ७५० पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९३ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ७२ हजार ४३५ पुगेको छ ।

हाल देशभर क्वारेन्टिनमा ५९ जना छन् भने आइसोलेसनमा एक हजार २८८ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

प्रतिक्रिया