बिहीबार, वैशाख १३, २०८१

जोशीको निधनमा कांग्रेसले तीन दिन पार्टीको झन्डा आधा झुकाइने

मेरोन्यूज २०७७ चैत १४ गते १५:३०

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको शनिबार बसेको आकस्मिक बैठकले नवीन्द्रराज जोशीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । बैठकले यही चैत १५ देखि १७ गतेसम्म तीन दिन पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा पार्टीको झन्डा आधा झुकाउने निर्णय गरेको हो ।


चैत १७ गते केन्द्र तथा सबै जिल्ला कार्यालयहरु बन्द गर्ने, निधनको १३औँ दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने तथा १३औँ दिनमा केन्द्र र सबै जिल्लामा भौतिक दूरी कायम गर्दै शोकसभा गर्ने निर्णय पनि गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उक्त दिनहरुमा शोकका कार्यक्रमबाहेक पार्टीका अरु औपचारिक कार्यक्रम नगर्ने निर्णयसमेत गरिएको छ । मष्तिकघात भइ गत फागुन १४ गते नर्भिक अस्पतालमा उपचारका क्रममा मृत्यु गएराति मृत्यु भएको थियो ।

प्रतिक्रिया