बिहीबार, वैशाख १३, २०८१

नेपाललाई बङ्गलादेशसित जित्नैपर्ने दबाब

मेरोन्यूज २०७७ चैत १४ गते १४:०२

काठमाडौं । त्रिदेशीय कप फुटबलअन्तर्गत आज नेपाल बङ्गलादेशसित भिड्दै छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने बङ्गलादेशविरुद्धको खेलमा नेपाललाई जित्नैपर्ने दबाब छ । आजको खेल नेपालका लागि महत्वपुर्ण छ । फाइलमा प्रवेश गर्नका लागि बङ्गलादेशसँग नेपालले कम्तीमा बराबरी खेल्नुपर्नेछ । बङ्गलादेश भने यसअघि नै त्रिदेशीय कपको फाइनलमा प्रवेश गरिसकेको छ ।

बङ्गलादेशले कीर्गिस्तानलाई एक शून्य गोलले पराजित गरेको थियो । नेपालले भने आफ्नो पहिलो खेलमा कीर्गिस्तानसँग गोलरहित बराबरी खेलेको थियो । बङ्गलादेशले दुई गोल अन्तरले जितेको अवस्थामा भने नेपालको फाइनल यात्रा समाप्त हुनेछ ।

प्रतिक्रिया