नेता जोशीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा, ३ बजे अन्त्येष्टि

ललितपुर । नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको शव पार्टी कार्यालय सानेपामा राखिएको छ । मष्तिष्कघातका कारण गएराति निधन भएका जोशीको शव श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय सानेपामा राखिएको हो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जोशीको शव दिउँसो २ बजेसम्म श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने जानकारी दिएका थिए ।
जोशीको निधनप्रति राष्ट्रपति विद्यादेवी भण्डारी, कांग्रेस सभापति शेरबहादुर देउवा,वरिष्ठ नेता पौडेल, कांग्रेस महामन्त्री शशाकं कोइराला, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाल,लगायतले दु .ंख व्यक्त गरेका थिए ।
शनिबार बिहान नर्भिक अस्पतालमा जोशीको पार्थिव शरीरमा कांग्रेस नेता प्रकाशमान सिंह र काठमाडौंका जिल्ला सभापति सबुझ बानियाँले पार्टीको झन्डा ओडाएर श्रद्धाञ्जली अपर्ण गरेका थिए । जोशीको शव शनिवार दिउँसो ३ बजे अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।









निवर्तमान सांसद चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा
सङ्खुवासभामा आगलागीमा परी वृद्धको मृत्यु
दोहोरो अंकले घट्यो सेयर बजार
विधान संशोधनपछि सुरेन्द्र पाण्डेको आपत्ति : ‘हिजो घटाउने अनि आज बढाऔं भन्नु मनपरी होइन?’
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
विराटनगरलाई हराउँदै लुम्बिनी एनपीएलकाे फाइनलमा
प्रतिक्रिया