शुक्रबार, वैशाख ७, २०८१

बाबुरामको आफ्नै पार्टीका नेताहरुमाथि कटाक्ष – क्षणिक लाभ कि लोकतन्त्रको रक्षा ?

मेरोन्यूज २०७७ चैत १४ गते १३:०१

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले आफ्नै पार्टीका नेताहरुलाई कटाक्ष गरेका छन् । डा.भट्टराईले पछिल्लो समय पूर्वराजपा समूह मधेस तथा थरुहट आन्दोलनका मुद्दा फिर्ता र रेशम चौधरीको रिहाइ भए प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने गरी अघि बढेपछि उनले प्रतिगमनको खतरा नटरेको टिप्पणी गरेका हुन् ।

डा. भट्टराईले आफ्नै नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतोलाई लक्षित गर्दै बुद्धि विवेकको प्रयोग गर्न आग्रह गरेका छन् । “प्रतिगमनको खतरा टरेको छैन ! प्रतिगमनकारीसँग लेनदेन गरेर क्षणिक लाभ लिने कि उसलाई बिदा गरेर संविधान / लोकतन्त्रको रक्षा गर्दै थप अग्रगमनको दिशामा लाग्ने दुई विकल्प अगाडि छन् ! पहिलो बाटो तुलसी गिरी/ केशरजंग रायमाझीको र दोश्रो बाटो बीपी÷पुष्पलालको हो ! वुद्धि/विवेकको प्रयोग गरेर आफै रोजौं !” उनले सामाजिक सञ्जाल टुइटरमा भनेका छन् ।

प्रतिक्रिया