बिहीबार, वैशाख १३, २०८१

१२–२ बजेसम्म नेता जोशीको पार्थिव शरीर पार्टी कार्यालय सानेपामा राखिने (तस्बिरसहित)

मेरोन्यूज २०७७ चैत १४ गते ११:५०

काठमाडौं । नेपाली कांग्रेसका नेता स्व.नवीन्द्रराज जोशीको पार्थिव शरीरलाई मध्याह्न १२ बजेदेखि २ बजेसम्म पार्टीको केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलिका लागि राखिने भएको छ ।

गत फागुन १४ गते बिहान मस्तिष्कघात भएपछि उनलाई उपचारार्थ वीर अस्पताल हुँदै नर्भिक अस्पताललाई भर्ना गरिएको थियो ।

नर्भिक अस्पतालमा उपचारमा क्रममा शुक्रबार राति जोशीको निधन भएको हो ।

विसं २०१९ असार ३ गते काठमाडौँमा जन्मिएका नेता जोशी २०७० मा काठमाडौं क्षेत्र नं ८ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।
यसैगरी , अहिले केही बेरमा नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ ।

प्रतिक्रिया