शुक्रबार, वैशाख १४, २०८१

संसदीय मामिला पत्रकार समाजको सातौं अधिवेशन आज

मेरोन्यूज २०७७ चैत १४ गते ९:०३

काठमाडौं । संसदीय मामिला पत्रकार समाजको सातौं अधिवेशन आज हुँदैछ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनको लोत्से हलमा विहान ९ बजे उद्घाटन हुने अध्यक्ष नारायण काफ्लेले जानकारी दिए ।

समाजको अधिवशेनबाट आगामी नेतृत्व समेत चयन हुने छ । आगामी कार्यकालको नेतृत्वका लागि कृष्णा आचार्य र सन्जीव बगालेले दाबी प्रस्तु गर्दै आएका छन् ।

खुल्ला तर्फको उपाध्यक्षमा बासु खड्का र वीपी साहले दाबेदार प्रस्तुत महलिा उपाध्यक्षमा तुलसी सापकोटाले उम्मेदवारी दिने बताएकी छन् ।

यस्तै कोषाध्यक्षमा सिर्जना घिमिरे, महासचिवमा प्रकाश ढकाल र विष्णु खड्काले दाबेदारी प्रस्तुत गर्दै आएका छन् । खुल्ला तर्फको सचिवमा जयसिंह महरा र समावेशी सचिवमा दिपेश श्रेष्ठले उम्मेदवारी दिने बताएका छन् ।

कार्यसमिति सदस्यमा शम्भु दङ्गाल, आकाश क्षेत्री, रोशन सापकोटा लगायतले उम्मेदवारी दिने बताएका छन् ।

प्रतिक्रिया